Comments Add Comment

बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद बैठक

२९ असार, काठमाडौं । अर्थमन्त्री रामशरण महत बजेको ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेका छन् । संसदमा अर्थमन्त्रीले बजेट भाषण गर्नुपूर्व आयोजना गरिएको मन्त्रिरिषद बैठकमा सहभागी हुन अर्थमन्त्री प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

यसअघि अर्थमन्त्री डा. महतले सभामुख सुवास नेम्वाङलाई भेटेर बजेटबारे जानकारी गराएका छन् । सभामुखलाई भेट्नुपूर्व अर्थमन्त्रीले शनिबार नै राष्ट्रपतिसँग भेट गरिसकेका छन् । मन्त्रिपरिषद बैठकपछि अर्थमन्त्री र मन्त्रीहरु बजेट भाषणका लागि व्यवस्थापिका संसदमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment