Comments Add Comment

कामना विकास बैंक र ओम फाइनान्स मर्जर हुने

 २९ असार काठमाडैं । पोखरामा प्रधान कार्यालय रहेका कामना विकास बैंक लिमिटेड र ओम फाईनान्स लिमिटेडले मर्जरमा जानको लागि सैदान्तिक सहमति गरेका छन् । सहमतिपत्रमा कामनाका अध्यक्ष राजेन्द्रनिधी कोईराला र ओम फाईनान्सका अध्यक्ष सुशिल कुमार गोशलीले हस्ताक्षर गरे ।

सहमति अनुसार दुबै संस्था पछि मर्जर पछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नती हुनेछ भने संस्थाको नाम ओम विकास बैंक लिमिटेड हुनेछ । मर्जर पछिको संस्थाको अध्यक्षमा ओम फाईनान्स लिमिटेडका अध्यक्ष सुशिल कुमार गोशली, प्रमुख कार्यकारी अधिकृतमा कामना विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य र नायव प्रमुख कार्यकारी अधिकृतमा ओम फाईनान्सका महाप्रवन्धक बुद्धि मल्ल रहनेछन् ।

हाल कामना विकास बैंकको १० वटा शाखाबाट २ अर्ब ६० करोड निक्षेप तथा २ अर्ब १० करोड कर्जा लगानी रहेको छ । त्यसैगरि ओम फाईनान्सको ९ वटा शाखाबाट ४ अर्ब ४३ करोड निक्षेप तथा ३ अर्ब ४६ करोड कर्जा लगानी रहेको छ । मर्जर पछि हुने नयां संस्थाको निक्षेप ७ अर्ब ३ करोड तथा कर्जा ५ अर्ब ५६ करोड पुग्ने जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment