Comments Add Comment

काठमाडौंको प्रहरी प्रमुखबाट रमेश खरेल हटाइए

२९ असार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयमा डिआइजी विज्ञानराज शमालाई सरुवा गरेको छ । त्यहाँ कार्यरत डिआइजी विश्वराजसिंह शाहीलाई यसअघि शर्मा कार्यरत प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । यसअघि शनिवारमात्रै अर्का डिआइजी यादव अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रधान कार्यालयमा सारिएको थियो ।

Ramesh-kharelप्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखबाट रमेश खरेललाई हटाएर सिआइबीमा कार्यरत एसएसपी उत्तम कार्कीलाई सरुवा गरेको छ । डिआइजी बढुवामा बि्रफकेसको चलखेल भएको भाषण गरेपछि विवादमा परेका खरेल पछिल्लो समय विदामा थिए । उनी विदामा बेलायततिर घुमिरहेका बेला यता उनको ठाउँमा उत्तम कार्कीलाई ल्याइएको स्रोतले जनाएको छ । खरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।

उनको सरुवा यसअघिनै गर्न खोजिए पनि काठमाडौं २ को उपचुनावका कारण निर्वाचन आयोगले सहमति नदिएपछि उनी आफैं विदामा बसेका थिए । यसैबीच केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको प्रमुखमा डिआइजी हेमन्त मल्लको सरुवा भएको छ । यसअघि एसएसपीको निमित्तमा व्यूरो चलेको थियो । त्यस्तै महानगरीय अपराध अनुसन्धान बिभागको प्रमुखमा एसएसपी पुष्कर कार्की सरुवा भएका छन् । त्यहाँ कार्यरत एसएसपी बिजयलाल कायस्थलाई शनिवारमात्रै त्रिुभवन विमानस्थलको सुरक्षा प्रमुखमा निमित्त दिएर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment