Comments Add Comment

पाँच करोड माग्ने सभासदलाई १ करोड दिने घोषणा

२९ असार, काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तरगत १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । सभासदहरुले निर्वाचन क्षेत्रलाई ५/५ करोड दिइनुपर्ने माग गर्दै आइरहेका बेला सरकारले प्रारम्भमा १ करोड दिने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्ने क्रममा प्रारम्भमा प्रत्येक निर्वाचन क्षेत्रलाई १ करोड दिइने बताए । तर, कार्यक्रमको प्रभावकारिता र सभासदहरुको भावनालाई विचार गरेर यो सकममा थप गर्न सकिने मन्त्री महतले बताएका छन् ।

सरकारले सांसद विकास कोषको रकम प्रति सभासद १० लाखलाई बढाएर १५ लाख पुर्‍याइएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुगमन जिविसमार्फत हुने भए पनि जिविसको चुनाव नभएको अवस्थासम्म सम्बिन्धत सभासदले अनुगमन गर्ने गरी यसको कार्यविधि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २ महिनाभित्र तयार पारिसक्ने बजेट भाषणमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment