Comments Add Comment

बाबुआमा इन्टरनेट अम्मली बन्दा दुइ महिने छोरीले ज्यान गुमाइन्

विश्वको सबैभन्दा ठूलो समस्याको रुपमा मानिएको इन्टरनेटको लत केही दक्षिण कोरियालीहरुको लागि घातक तथा निकै चिन्ताजनक विषय बनेको छ ।

सन् १९९० को सुरुमा कोरिया सरकारले देशमा इन्टरनेटको तिब्र विस्तारका लागि नीति लागु गर्यो र ब्रोडब्याण्ड पूर्वाधार निर्माणमा भारी लगानी समेत गर्यो ।

game

तर सरकारको यस्तो लगानी अहिले धेरै कोरियालीको लागि अभिशाप बन्न थालेको छ । टेलिभिजन च्यानल एच बि ओ बाट प्रशारण हुने लभ चाइल्ड नामक एक वृत्तचित्रमा कोरियाली दम्पत्तिको इन्टरनेट कुलतको दर्दनाक परिणामका विषय प्रस्तुत गरिएपछि त्यसले ठूलै चर्चा पाएको छ । उक्त डकुमेन्ट्रीले दक्षिण कोरियालीहरुको इन्टरनेटमाथिको निर्भरताका विषयमा चर्चा गर्दै एक बाउआमा इन्टरनेटमा गेम खेल्नमा व्यस्त हुँदा उनीहरुको बच्चाको ज्यान कसरी गयो भन्ने कथा समावेश प्रस्तुत गरेको छ ।

जुलाई २८ मा प्रशारण हुने भनिएको उक्त वृत्तचित्रका विषयवस्तु बाहिर आएपछि विश्वमा इन्टरनेटको बढ्दो कुलत र त्यसले बालबालिका तथा अभिभावकमा परेको असरका विषयमा बहस सुरु भएको छ ।

वृत्तचित्रको कथा अनुसार सन् २०१० मा एक दक्षिण कोरियाली दम्पत्ति आफ्नो दुइ महिने छोरीको मृत्युको विषयमा पक्राउ परे । ती बाबुआमाकी छोरी सरांग कुपोषित भएकी थिइन् किनकी बुढाबुढी छोरीलाई घरमै एक्लै छाडेर दिनहुँ ६ घण्टाभन्दा बढि साइबर क्याफेमा गएर इन्टरनेटमा गेम खेल्थे । स्मरण रहोस् दक्षिण कोरियामा बाह्रमासे खेल संचालन गर्ने साइबर क्याफेहरु प्रसस्तै छन् । २० लाख दक्षिण कोरियालीहरु अनलाइन गेमका अम्मली भएको बताइन्छ, जसमध्ये ती दम्पति पनि पर्छन् ।

पिसी बांग नामको साइबर क्याफेमा उनीहरु पि्रयस भन्ने अनलाइन गेम खेल्ने गर्थे । डिनरपछि त्यहाँ आएर उनीहरु प्राय रातभरि नै गेम खेल्थे । उनीहरु खेलमा यतिधेरै मस्त हुन्थे की अरु सबै चिज भुल्थे भन्छन् क्याफेका एक कर्मचारी ।

घरमा छोरीलाई रातभर एक्लै छाडेर उनीहरुले अनलाइन गेमिङ पि्रयसमा एक भर्चुअल छोरी एनिमा हुर्काइरहेका थिए । पैसामा अलि छुट हुने भएकाले उनीहरुले दैनिक १० घण्टाको लागि कम्प्युटर बुक गर्थे र त्यसो गर्दा ७ घण्टाको पैसा तिरे पुग्थ्यो । अनलाइन गेम नै उनीहरुको कमाइको श्रोत पनि थियो । त्यहाँ इन्टरनेटमै भर्चुअल सुनका सिक्का सिक्का सिर्जना गरी गेम आइटम खरीद गर्न चाहनेहरुलाई बेच्थे ।

छोरीलाई यसरी रातभर वास्तै नगरी घरमा राख्दा उनलाई कुपोषण भयो र मृत्यु भयो । बच्चीको पोष्टमार्टम गरी अधिकारीहरुले मृत्युको कारण कुपोषण भएको ठहर गरे । त्यसपछि ती बाबुआमालाई हत्याको अभियोगमा मुद्दा चलाइयो । उनीहरुले आफुहरुले हेलचेक्राइ गरेको स्विकार गरेका छन् । दम्पतीका वकिलले भने ती बाउआमामा इन्टरनेटको अम्मल रहेको र जुन एक प्रकारको मानसिक समस्या भएकाले सफाइ दिन आग्रह गरेका छन् ।

इन्टरनेटको कुलत तथा खासगरी अनलाइन गेमको अम्मलका कारण यसरी ज्यान गएको दक्षिण कोरियामा यो पहिलो घटना भएको बताइन्छ ।

यसैबीच दक्षिण कोरियाको सोही साइबर क्याफेमा एक इन्टरनेटकै अम्मली अर्की महिलाले शौचालयमा बच्चा जन्माएर प्लास्टिकमा राखी मारेर फ्याँकेको घटना पनि सार्वजनिक भयो । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै एक २२ वर्षे दक्षिण कोरियाली युवा निरन्तर ५० घण्टासम्म अनलाइन गेम खेल्दा ज्यान गएको छ ।

इन्टरनेटको अम्मल हटाउनका लागि अधिकारीहरुले रातको १२ बजेदेखि बिहानको ६ बजेसम्मका लागि १६ वर्ष मुनिका केटाकेटीका लागि कफ्र्यु लगाइदिएको छ । जसका कारण गेमिङ कम्पनीहरुले १५ वर्ष मुनिका केटाकेटीका लागि गेम नै बनाउन छाडे ।

तथापि गेम तथा अनलाइनको अम्मल एक सामाजिक समस्या बनिसकेको छ । केवल सरकारको हस्तक्षेपले मात्र यो रोकिने देखिँदैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment