Comments Add Comment

वायुसेवा निगममा ५ वर्षमा २२ जहाज पुर्‍याइने

२९ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा आगामी ५ वर्षभित्र २२ वटा जहाज पुर्‍याइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. रामशरण महतले यस्तो बताएका हुन् ।

सरकारले ५ वर्षभित्र आन्तरिक उडानका लागि १५ वटा र अन्तर्राष्ट्रिय उडानका लागि ७ वटा जहाज पुर्‍याउने भएको हो । अहिले निगममा २ वटा आन्तरिक र २ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज रहेका छन् ।

निगमले आगामी कार्तिकसम्म चीनबाट आन्तरिक उडानका लागि ६ वटा जहाज ल्याइसक्ने छ । ग्राउन्डेड भएका २ वटा ट्वीनअटर जहाज पनि मर्मत गरी उडाउने तयारीमा सरकार रहेको छ ।

सन् २०१५ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारोबडी एयरवस ल्याउँदैछ । निगमले तत्कालै अन्तर्राष्ट्रिय उडानका लागि २ वटा न्यारो र २ वटा वाइड बढी जहाज ल्याउन आवश्यक प्रकृया अगाडि बढाउने बताइहरेका बेला अर्थमन्त्रीले जहाजको संख्या बढाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment