Comments Add Comment

तलब १० प्रतिशत बढ्यो, कर्मचारीको चित्त बुझेन

२९ असार, काठमाडौं । सरकारले बजेट भाषणमार्फत कर्मचारीको तलब १० प्रतिशतले वृद्धिको घोषणा गरेको छ । तर, सत्तारुढ कांग्रेस र एमालेकै कर्मचारी संगठनहरुले असन्तुष्टि जनाएका छन् । आफ्नो माग पूरा नभएको र समग्रमा तलव वृद्धि गर्दा तल्लो तहका कर्मचारीलाई मर्का परेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।

कर्मचारीले के पाए ?

सरकारले निजामति कर्मचारीको तलब १० प्रतिशत वृद्धि गरेको छ । महंगी भत्तालाई यथावत राखिएको छ भने स्थानीय भत्ता र फिल्ड भत्तासमेत वृद्धि गरिएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको आगामी वर्षको बजेटअनुसार सबै तहका कर्मचारकिधो तलव १० प्रतिशत बढाइएको हो । त्यसैगरी स्थानीय भत्तामा २५ प्रतिशत र फिल्ड भत्तामा ५० प्रतिशत वृद्धि गरिएको महतले बताएका छन् ।

हिमालय क्षेत्रमा कार्यरत कर्मचारीले पाउँदै आएको पोशाक भत्तालाई बढाएर वार्षिक १५ हजार पुर्‍याइएको छ । सरकारले कर्मचारीको तलबमानको पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन आयोग गठन गरिने जनाएको छ ।

नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकालले अनुदार अर्थमन्त्रीले उदारता देखाउन खोजे पनि आधारभूत वर्गका कर्मचारीलाई मर्का परेको प्रतिक्रिया दिए । ‘१० प्रतिशत तलब वृद्धि हुँदा सचिवको ३ हजार बढ्छ । तर, सहायकस्तरका कर्मचारीको ११ सय मात्र बढ्छ’ ढकालले भने ‘यसले ठूलालाई राहत र सानालाई आहत भयो’ ।

कांग्रेसका कर्मचारी पनि असन्तुष्ट

कांग्रेस सम्वद्ध निजामति कर्मचारी युनियनका अध्यक्ष सुबोध देवकोटाले पनि यो तलब बृद्धिबाट आफूहरु पूर्ण रुपमा सन्तुष्ट हुन नसकेको बताए । ‘हामीले एक दिनको तलब बराबर एक ग्रेड भनेका थियौं, तर त्यो आएन’ ढकाल र देवकोटाको एउटै स्वर छ ।

अहिलेको तलव वृद्धिअनुसार शाखा अधिकृतको तलब स्केल तलब २२ हजारबाट २२ सय बढेको छ भने खरिदारको स्केल तलब १६ हजारमा १६ सय बढेको छ कर्मचारी संगठनहरुले भने ग्रेड बढुवाको माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment