Comments Add Comment

प्रेमीको खोजीमा रहेकाहरुका लागि ५ टिप्स

loveमहिला मित्रहरु, तपाइँले मन पराएको कुनै पुरुषले यदि तपाइँलाई पनि मन पराउँछ भन्ने थाहा हुनुभयो भने कत्तिको हर्ष लाग्छ ? अवश्य पनि खुसीको सिमा नै हुँदैन । हामीकहाँ कतिपय किम्बदन्तीरुपी लक्षणहरु छन् तथापि ती सबै कामयावी नहुन सक्छन् । वास्तवमा पुरुषको बडी ल्यांग्वेज एउटा यस्तो खुल्ला किताब हो यदि त्यो पढ्न सक्नुभयो भने तपाइँले बुझ्न चाहनुभएका गुह्य कुरा थाहा पाउनुहुन्छ ।

यहाँ केही त्यस्ता केही व्यवहारगत लक्षणहरु दिइएको छ जो कुनैपनि पुरुषले आफुले मन पराएकी महिलासामु देखाइहाल्छ ।

१. मन्द मुस्कान – मुस्कान एउटा यस्तो लक्षण हो जसले तपाइँले मन पराएको पुरुषले तपाइँलाई पनि मन पराउने कुराको सुइँको पाउनका लागि काम लाग्छ । आफुले वास्तै नगर्ने केटीका लागि कुनैपनि केटाले लजालु भावले मन्द मुस्कान छर्दैन । त्यसैले यदि कोही केटाले तपाइँप्रति मुस्कुराहट छर्यो भने मुस्कान फर्काउनुहोस्, नजिकै जानुहोस् र कुराकानी सुरु गरिहाल्नुहोस् ।

२. निरन्तर नजर- कुनैपनि सम्वादका लागि आँखाको संसर्ग महत्वपूर्ण हुन्छ भन्ने सबैलाई थाहा छ । तर यदि कोही पुरुषले तपाइँमाथि निरन्तर नजर लगाइरह्यो र नजर हटाउनै चाहने भने बुझ्नुहोस् ऊ तपाइँप्रति आकषिर्त छ । हामीले प्रायः कुराकानीका क्रममा केहीबेर आँखा जुधाउने र केहीबेर अन्तै हेर्ने गछौर्ँँ । तर यदि कुनै केटाले तपाइँसँग कुरा गर्दा हेरेको हेर्यै गर्छ र तपाइँको नजरबाट आँखै हटाउँदैन भने ठ्याक्कै बुझिहाल्नुपर्छ की उसले मन पराइसकेको छ ।

३.जिस्किने, छुने – जब कुनै युवकले कुनै महिलालाई मन पराउँछ तब उसले उनलाई छुन खोज्छ विभिन्न निहुँमा । त्यसैले कुनै केटा तपाइँसँग नजानिँदो गरि जिस्किन खोज्यो तथा तपाइँलाई हिंसाको कुनै अनुभुति नहुने गरि निर्दोष स्पर्श गर्ने प्रयास गर्यो भने सम्झनुहोस् तपाइँ उसको मनमा बसिसक्नुभयो ।

४. लजालु स्वभाव- जब तपाइँ नजिकै आउनुहुन्छ, लाजले ऊ रातोपिरो हुन्छ र अनुहारको रंग नै उड्न थाल्छ । मनको कुरा भन्नै नसकेको तर निकै मन पराइसकेको मान्छे नजिक आउँदा मुटुको धड्कन उसै पनि ह्वात्तै बढ्छ । के भनुँ, के भनुँ भन्ने लाग्छ र लाजले भुतुक्कै भइन्छ पनि ।

५.कुरा सुन्ने- जब कुनै केटाले तपाइँलाई मन पराउँदैन, उसले तपाइँले भनेका कुराकानीमा कुनै मतलब गर्दैन । तर यदि उसले मन पराएको छ भने उसले तपाइँले भनेका कुराहरु ध्यानपूर्वक सुन्छ र बुझाइमा स्पष्टता ल्याउने कोसिस गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment