Comments Add Comment

मुलपानीमा क्रिकेट मैदान बनाउन २० करोड बजेट

२९ असार काठमाडौं । सरकारले काठमाडौंको मूलपानीको क्रिकेट मैदान निर्माणका लागि २० करोड छुट्याएको छ । अर्थमन्त्री रामशरण महतले संसदमा पेश गरेको बजेटमा आगामी वर्ष काठमाडौंको मूलपानीको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट लगायतका पूर्वाधार निर्माण गरिने उल्लेख छ ।

भैरहवामा क्रिकेट मैदान निर्माण गर्नुका साथै अन्य सम्भाव्य स्थानहरुमा क्रिकेट मैदान निर्माणको कार्य शुरु गरिने सरकारले बताएको छ।सरकारले आगामी तीन वर्षभित्र हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेलमैदान निर्माण गर्ने अभियान अन्तर्गत आगामी आर्थिक वर्षमा थप ५३ निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गरिने बताएको छ ।

साथै राष्ट्रिय युवा नीति, २०६६ मा उल्लेख भए अनुसार राष्ट्रिय युवा परिषद् गठनका लागि संरचनात्मक कार्य अघि बढाइने सरकारले बताएको छ। युवा विकासका लागि भिजन २०२५ तयार गरी कार्यक्रमहरु सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment