Comments Add Comment

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्य नियुक्त

२९ असार, काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्य नियुक्त भएका छन् । यसअघिका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईलाई दिइएको ६ महिने म्याद सकिएपछि संचार मन्त्रालयले आचार्यलाई निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकका रुपमा रहेका चाटर्ड एकान्टेन्ट आचार्यलाई अर्को ब्यबस्था नभएसम्मका लागि प्रबन्ध निर्देशकको रुपमा कार्य गर्नेगरि निमित्त प्रबन्ध निर्देशकका रुपमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

आइतवार मन्त्रीस्तरीय निर्णयबाट आचार्यलाई नियुक्त गरिएको हो । सामान्यतयाः नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा २ बर्षका लागि नियुक्त गर्ने परम्परा रहे पनि संबिधानसभा निर्वाचनपछि नयाँ सरकार बन्न लागेको अबस्थालाई ध्यान दिई तत्कालिन सरकारले भट्टराईलाई ६ महिनाका लागि मात्र नियुक्ति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment