Comments Add Comment

मेस्सीले जिते गोल्डेन बल, गोल्डेन बुट रोड्रिग्वेजलाई

Messi-with-golden-ball

३० असार, काठमाडौं । अर्जेन्टिनाका लिओनल मेस्सी विश्वकप फुटबलको उत्कृष्ट खेलाडी बनेका छन् । उनले गोल्डेन बल जितेका छन् ।

कोलम्बियाका जेम्स रोड्रिग्वेजले भने पहिलो विश्वकपमा नै सवार्धिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले पाँच खेलमा ६ गोल गरेका थिए । उनले जर्मनीका थोमस मुलर, अर्जेन्टिनाका लिओनल मेस्सी र ब्राजिलका नेयमारलाई पछि पारे । मुलरले ५ तथा मेस्सी र नेयमारले ४/४ गोल गरेका छन्

गोल्डेन बलका लागि मुलर, रोड्रिग्वेज, रोबिन, नेयमारसहित १० खेलाडी मनोनयनमा परेका थिए । अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका मेस्सी उत्कृष्ट घोषित बने । उनले समूह चरणमा चार गोल गरेका थिए ।

जर्मन गोलरक्षक नुयुरले गोल्डेन ग्लोब जितेका छन् । प्रतियोगिताभर उनको प्रदर्शन उत्कृष्ट थियो । उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोब जित्ने क्रममा उनले अर्जेन्टिनाका रोमेरो र कोष्टारिकाका नाभासलाई पछि पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment