Comments Add Comment

एक मतदाताको मतपत्र गन्न ३८ मिनेट !

३० असार, काठमाडाैँ। नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि भएको निर्वाचनमा एक मतदाताको मतपत्र गणना गर्न आधा घन्टाभन्दा बढी लागेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार मध्याह्न मतगणना सुरु भएको थियो ।

एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार राति सवा १० बजेसम्म ४ सय २२ मतपत्र मात्र गणना भएको छ । एकजना मतदाताको मतपत्र पूरा गणना गर्न औसत ३८ मिनेट लागेको उनले जानकारी दिए । ‘१० घन्टामा ४ सय २२ मत गणना भयो,’ ज्ञवालीले भने, ‘यसरी हेर्दा एकजना मतदाताको मत गर्न आधा घन्टाभन्दा बढी लागेको छ।’ आजको नागरिक दैनिकले समाचार छापेको छ ।

मतगणना ढिलो हुँदा कर्भड हलबाहिर मतपरिणाम प्रतीक्षा गरेर बसेका कार्यकर्ता आक्रोशित बनेका थिए । मतपरिणाम सार्वजनिक गर्न ज्ञवाली आउँदा हरेकपटक किन ढिला भनेर उनीहरू प्रश्न  तर्स्याउँथ्ये । परिषद अगाडिको सडकमा पार्टी कार्यकर्ता र सर्वसाधारणको भिड थियो । एमाले युवा नेता रवीन्द्र अधिकारीले मतदान गर्न पनि धेरै समय लागेको बताए । ‘मतपत्र धेरै, उम्मेदवार पनि धेरै । त्यसैले मतपत्रमा रेजा लगाउन पनि धेरै समय लाग्यो,’ उनले भने, ‘छिटो गर्छु भन्दा पनि करिब १० मिनेट त लाग्यो ।’ उनका अनुसार केही मतदाताले भने मतदान गर्न नै ३० मिनेटसम्म लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment