Comments Add Comment

हारको पीडामा मेस्सीले भने-गोल्डेन बलमा चासो छैन

Messi

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकपको फाइनलमा भाग्यले साथ नदिएको बताएका छन् । २४ वर्षपछि विश्वकपको उपाधि नजिक पुगेको अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोल अन्तरले पराजित भयो ।

‘हामी अर्जेन्टिनाका मानिसहरुका लागि विश्वकप जित्न चाहन्थ्यौं । तर सकेनौं’ मेस्सीले भनेका छन्-‘हामीले कोसिस गरौं तर, अन्य खेलहरुमा जस्तो हाम्रो भाग्य रहनेछ ।’

फाइनलमा हारका बाबजुत मेस्सी विश्वकपको उत्कृष्ट खेलाडी घोषित भए र उनले गोल्डेन बल पाएका छन् । तर, उनले भनेका छन्-सत्य भन्ने हो भने यो अस्वथामा मलाई यसप्रति चासो छैन ।’ गोल्डेन बल लिँदा पनि उनी उत्साहित थिएनन् ।

विश्वकप फुटबलको समूह चरणमा चार गोल गरेका मेस्सीले नकआउट चरणमा भने गोल गर्न सकेनन् । तर, अर्जेन्टिनाले फाइनलसम्मको यात्र तय गर्दा कप्तान मेस्सीले महत्वपूर्ण भूमिका खेलेका थिए ।

अर्जेन्टिनाका प्रशिक्षक साबेलाले भने मेस्सी गोल्डेन बलको हकदार भएको बताए । विश्वकपमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए । उनले भनेका छन्-फाइनलमा हारको पीडाका बाबदुत उनीहरुले आफ्नो आाखामा हरेर भन्छन् कि उनीहरुले अर्जेन्टिनाका लागि सबैथोक दिएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment