Comments Add Comment

एमालेको मतगणना सुरु हुँदै, ओली प्यानलको अग्रता

३० असार, काठमाडौँ । नेकपा एमालेको मतगणना पुनः सुरु हुँदैछ । गएराति अबेरसम्म भएको मतगणना सोमवार विहानबाट पुन सुरु हुन लागेको हो । आइतवार खसेको २१ सय ५४ मतमध्ये ४ सय २२ मत गणना भएको थियो ।

उक्त मतगणनामा नेता केपी शर्मा ओलीको प्यानलले १४ मध्ये १३ पदाधिकारीमा अग्रता लिएको छ । अध्यक्षका प्रत्यासी ओलीले २२४ मत पाएका छन् भने उनका प्रत्यासी माधवकुमार नेपालले १ सय ७३ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा ओली प्यालनका बामदेव गौतमले २ सय ४५, विद्यादेवी भण्डारीले २ सय ३९, किरण गुरुङले २ सय १५, प्रदीप नेपालले २ सय ८, धर्मनाथप्रसाद साहले १ सय ९९ ल्याएका छन् ।

यस्तै नेपाल प्यानलका उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले १ सय ९५, भीम रावल १ सय ८३, राजेन्ऽ पाण्डेले १ सय ७९, युवराज ज्ञवालीले १ सय ७७ र लालबाबु पण्डितले १ सय ७४ मत प्राप्त गरेका छन् ।

यसैगरी महासचिवमा पनि ओली प्यालनकै ईश्वर पोखरेलले अग्रता लिएका छन् । पोखरेलको २१९ र नेपाल पक्षका महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेको १ सय ९१ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment