Comments Add Comment

बेनीबजार संरक्षण सरकारको प्राथमिकतामा

३० असार, म्याग्दी । सरकारले आर्थिक वर्ष २०७१/७२ का लागि आइतबार सार्वजनिक गरेको बजेटमा म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणलाई प्राथमिकतामा राखेको छ ।

अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका-संसद्को बैठकमा प्रस्तुत गरेको बजेटमा मुलुकका विभिन्न जोखिम बजार बचाउ कार्यक्रमअन्तर्गत बेनीबजारको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको समेत जानकारी गराएका हुन् । म्याग्दीखोला र कालीगण्डकी नदीको कटानको कारण जोखिममा रहेको बेनीबजार संरक्षणका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेपछि यहाँका बासिन्दाले राहतको अनुभूति गरेका छन् ।

सरकारले बजेट बाँडफाँड गर्नुपूर्व जिविसका स्थानीय विकास अधिकारीसहित, सभासद् र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको टोलीले बेनीबजार संरक्षणसँगै जिल्लाको विकास निर्माणका विभिन्न योजनाबारे मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै नयाँ बजेटमा सरकारले म्याग्दीको पिप्लेमा निर्माणाधीन ३२ मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्यलाई समेत प्राथमिकतामा राखेको छ । म्याग्दी जिल्लासमेत समेटिएको कालीगण्डकी करिडोरको बाँकी ट्रयाक खोल्ने काम पूरा गर्ने र कालीगण्डकी करिडोरको २२० केभिए विद्युत् प्रसारण लाइन विस्तार गर्ने योजनासमेत सरकारको प्राथमिकतामा परेको छ ।

त्यसैगरी पर्यटन प्रवर्द्धन गरी नेपाललाई आकर्षक गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्व-पश्चिमका विभिन्न जिल्लालाई समेटेर पहिचान गरिएको द गे्रड हिमालयन ट्रेडको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ । यो टे्रडले म्याग्दीलाई समेत समेटेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment