Comments Add Comment

३४ प्रतिनिधिले नेपाल र ओली दुबैलाई मत दिएनन्

३० असार, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनाका लागि आधाभन्दा बढी मत गनिसक्दा माधवकुमार नेपालले एक पदाधिकारीबाहेक सबै १३ पदमा आफ्नो प्यानलको अग्रता दिलाएका छन् ।

बुथ नम्बर १,२ र ३ को १२ सय ९१ मतगणना गरिसक्दा नेपालले ६ सय ४१ र केपी ओलीले ५ सय ९३ मत प्राप्त गरेको एमालेको निर्वाचन आयोगले जनाएको छ । 

अहिलेसम्म ३४ जनाले भने अध्यक्षका दुबै उम्मेदवार माधव र केपी दुबैलार्इ मत दिएका छैनन् । केहीले वर्तमान अध्यक्ष झलनाथ खनालको नाम लेखेको पाइएको छ । 

पाँचै उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि नेपाल पक्षले अग्रता लिएको छ भने पाँच सचिवमध्ये ओली पक्षका प्रदीप ज्ञवाली बाहेक चारैजना नेपाल पक्षका अगाडि छन् । मेचीदेखि नारायणीसम्मको मतगणना गरिसक्दा माधव नेपाल पक्षले अपेक्षित अग्रता लिएको छ । तर, सोचेअनुरुप अग्रता लिन नसक्दा गण्डकी पश्चिमको मतमा ओली पक्षले नेपाललाई चुनौती दिने सम्भावना छ ।

vote-counting-uml

हालसम्म मेची, कोशी, सगरमाथा, जनकपुर, वागमती, उपत्यका, नारायणी, केन्द्रीय कमिटी, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय निकाय र भातृ संगठनहरुको मतगणना लगभग सकिएको छ । अब गण्डकी,, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अब करिव ८०० मत गन्न बाँकी छ ।

गण्डकी, लुम्बिनी, भेरी र राप्तीमा ओली पक्षले अग्रता लिने अपेक्षा गरेको छ भने सेती, महाकाली र कणर्ालीमा नेपाल पक्षले अग्रता लिने अपेक्षा गरिएको छ । प्रवासको मतमा दुवै पक्षको अन्तर दुईमात्र देखिन्छ । अध्यक्षमा कम्तिमा ३५ मत दुबैलाई नदिएको अवस्थामा खाली भेटिएका छन् भने महासचिवमा पनि केही मत त्यस्ता भेटिएका छन् ।

त्रिशुली र नारायणी पूर्वको मत गणनापछि केहीबेर पदाधिकारीको गणना रोकेर केन्द्रीय सदस्यहरुको मतगणना शुरु भएको छ । दुबै मतगणना एकैपटक सकेर अन्तिम नतिजा निकाल्का लागि यसो गरिएको हो । मतगणनामा सहभागीका अनुसार अधिकांश मत प्यानलमा खसेका कारण जसले अध्यक्ष जित्छ केन्द्रीय कमिटीमा उनी प्यानलका अधिकांशले जित्ने अवस्था देखिएको छ । हालसम्म १२ सय ९१ मत गणना भइसकेका छन् । अब करीव ८ सय मत गन्न बाँकी छ । जसले जिते पनि एक सयभन्दा माथिको फरक नहुने संकेत देखिएको एक नेताले बताए ।

यस्तो छ मत परिणाम-

 

अध्यक्ष माधवकुमार नेपाल ६४१ केपी ओली ५९३
उपाध्यक्ष युवराज ज्ञवाली ६८८ वामदेव गौतम ६३६
अष्टलक्ष्मी शाक्य ६७३  विद्या भण्डारी ६३०
 भीम रावल ६९० प्रदीप नेपाल ५८०
राजेन्द्र पाण्डे ६६३ किरण गुरुङ ५७२
लालबाबु पण्डित ६५५ धर्मनाथ साह ५४४
महासचिव सुरेन्द्र पाण्डे ६६२ र्इश्वर पोखरेल ५८६
उपमहासचिव घनश्याम भुषाल ६९४ बिष्णु पौडेल ६१८
रघुजी पन्त ६३२ शंकर पोखरेल ५९१
सचिव गोकर्ण विष्ट ७७६ प्रदीप ज्ञवाली ६४१
परशुराम मेघी गुरुङ ७७६ पृथ्वीसुब्बा गुरुङ ५८२
योगेश भट्टराई ६८७ बिष्णु रिमाल ५७१
भीम आचार्य ६६४ रघुवीर महासेठ ५३२
बेदुराम भुसाल ६३० केशवलाल श्रेष्ठ ५०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment