Comments Add Comment

ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

३० असार, सप्तरी । सप्तरीमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सप्तरीको खोजपुर-८ खरचुहियाँमास २ प ६८२८ नम्बरको मोटरसाइकल गएराति रोकिरहेको ना २ ख ९००४ नम्बरको ट्रकमा ठोक्किँदा सप्तरी कल्याणपुर-८ का ३० वर्षीय धनिलाल चौधरी र कल्याणपुर-२ का २६ वर्षीय राम सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment