Comments Add Comment

फेवातालमा छालले बगाउँदा अनु रोएर हैरान

anu-shah-and-gajit-bista

‘धन्न बाचियो, जीवन र मृत्यको विचमा रहदा कस्तो हुन्छ भन्ने अनुभुती भयो’–नायक गजित बिष्टले अनलाइनखबरस“ग डरलाग्दो अनुभव साटे । चलचित्र ‘धौली’को छायांकनका क्रममा एक्कासी फेवातालमा आएको छालले सिनेमा यूनिटलाई ठूलो दुर्घटनातर्फ लगेको थियो ।

नायक गजित बिष्ट र नायिका अनु शाहले रोमान्टिक दृश्यमा अभिनय गर्दै गर्दा फेवातालमा ठूलो छाल आयो । ‘५ बजेपछि सुरक्षा टोली पनि उपलब्ध हुन नसक्ने रहेछ’, गजितले अगाडि भने–‘एक्कासी छाल आएपछि त हामी सबै अतालियौ । डुंगा पनि पूर्ण अनियन्त्रित भयो ।’ छालले आफूसहित टोलीका अन्य १२ जना चढेको डुंगा हुत्याएर जंगलमा पु¥याएको गजितको भनाई छ ।

‘एकातिर डरलाग्दो अवस्था, अर्कोतिर नायिका अनु शाह रोएर हैरान’, गजितले भने–‘ उनलाई संझाउनु पर्ने अर्को अवस्था आयो । यो एउटा भयानक अवस्था थियो, तर दर्शक र भगवानको साथले हामी बाच्यौ’, गजितले भने ।

पोखरामा छायांकन भैरहेको चलचित्र ‘धौली’ले छुवाछुतको कथा बोल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment