Comments Add Comment

अष्ट्रेलियाको क्यानवेराबाट एनआरएनए भवनलाई १३ लाख

web4(2)१४ जुलाइ, क्यानबेरा । गैरआवासीय नेपाली संघको भवन निर्माणका लागि अष्ट्रेलियाको क्यानवेरामा बसोवास गर्ने नेपालीहरुले १३ लाख भन्दा बढी आर्थिक सहयोग प्रतिबद्धता जनाएका छन् ।

१२ जुलाई शनिबारका दिन नेपाली दूतावासमा आयोजित आर्थिक संकलन तथा जलपान कार्यक्रममा उपस्थित नेपालीहरुबाट सो रकम प्रतिबद्धता भएको हो । प्रतिष्ठित तथा विज्ञ व्यक्तिहरुको बसोवास रहेको सो ठाउँमा प्रतिबद्धता बढेर १५ लाखसम्म पुग्ने एनआरएनए आईसीसी सदस्य डा. कृष्ण हमालले बताउनुभयो ।

web3(2)एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा एनआरएनए प्रवक्ता मन केसी, ग्लोबल आर्थिक संकलन समितिका संयोजक गणेश केसी, एनसीसी समन्वय समितीका संयोजक बिष्णु हमाल, एनआरएनए सचिव रन्जु वाग्ले अन्तर्राष्ट्रिय यूवा उपसंयोजक कृष्ण गिरी, नेपालका लागि पपुन्यूगीनीका महावाणिज्यदूत पुना भण्डारी, कार्यबाहक राजदूत राजेन्द्र पाण्डे, आइसीसी सदस्य डा. कृष्ण हमाल, स्थानिय समाजसेवी डा.होममूर्ती पन्त, डा. किशोर वैद्ध, डा. रमेश पौडेल, डा. केशब भट्टराई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

web2(2)कार्यक्रमलाई सम्वोधन गर्दै घलेले एनआरएनए भवनमा सबैको सहयोग र सहभागिता नै महत्वपूर्ण भएकाले भवन बनाउने एतिहासिक कार्यमा हातेमालो गर्न अनुरोध गर्नु भएको थियो । जिज्ञासुको उत्तर दिँदै घलेले भवन तथा जग्गाको वनावट संरचना र लागतका बारेमा प्रकाश पार्नु भएको थियो ।

एनआरएनए अष्ट्रेलिया एसिटीका संयोजक डा.सिताराम घिमिरेको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन युवराज खनियाँले गरेका थिए । मौसमले साथ नदिएको भएता पनि कार्यक्रममा १०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोग प्रतिबद्धता गर्ने सबैलाई आयोजक र घलेले सम्मानपत्र समेत प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment