Comments Add Comment

नायिका सुमिनालाई अमेरिकाले भिषा दिएन

sumina-ghimire-hotनेपाली कलाकारमाथि अहिले अमेरिकन राजदूतावास निक्कै कडा बनेको छ । नेपाली कलाकारहरुलाई कालो सूचिमा राखिएको समाचार पनि केही समयअघि सार्वजनिक भएको थियो ।

यसैबिच, नायिका सुमिना घिमिरेको अमेरिका जाने प्रयास पनि असफल भएको छ । श्रोतका अनुसार उनले निक्कै मिहिनेत गर्दा पनि अमेरिकाले प्रवेश अनुमति दिएन । उनले नेपालीहरूले अायोजना गरेको एक कार्यक्रममा सहभागी हुने भन्दै अमेरिकी दूतावासमा भिषा अाबेदन गरेकी थिइन् ।

 चलचित्र कलाकार संघले पनि सुमिनालाई भिसा दिनको लागि सिफारिश पत्र लेखेको थियो । तर, बिभिन्न कार्यक्रमको बहाना गर्दै अमेरिका गएर उतै लुक्ने नेपाली कलाकारको लामो सूची बनिसकेकाले पनि होला अमेरिकी दूतावासले सुमिनालाइ भिषा दिन अस्वीकार गर्यो । अमेरिकी दूतावासबाट पर्यटक भिषा लिएर अमेरिका पुगेका नेपाली कलाकारमध्ये हातमा गन्न सकिनेमात्र नेपाल फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment