Comments Add Comment

गोविन्दराजको भ्रष्टाचार मुद्दा पराजुली र जोशीको बेञ्चमा

३० असार, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा  दुईवटा मुद्दा खेपिरहेका कांग्रेस नेता गोविन्दराज जोशीको मुद्दाको सुनुवाइ  सर्वोच्च अदालतमा साेमबारदेखि सुरू भएकाे छ ।

कांग्रेस नेता जोशीको मुद्दा न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको इजलासमा पारिएको छ । मुद्दाकाे सुनुवाइ साेमबार सुरू भए पनि नसकिएकाले निर्णय हुन बाँकी छ । ०६९ सालको ०६५० नम्बरको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा जोशीसहित ६ जना विपक्षी छन् भने ०७० सालको ००८४ नम्बरको भ्रष्टाचार मुद्दामा उनी एक्लै विपक्षी बनाइएका छन् ।

कांग्रेस नेता जोशीसँगै ताराराज पाण्डे र दिनेशराज जोशीको भ्रष्टाचार मुद्दा पनि न्यायाधीश पराजुली र जोशीकै बेञ्चमा परेको छ । भ्रष्टाचारसम्बन्धी यी सबै मुद्दा दैनिक पेशी सूचीको तेस्रो नम्बरमा परेका थिए । अगाडि परेका मुद्दा हेर्न नमिल्ने सूचीमा परेपछि न्यायाधीश पराजुली र जाेशीले साेमबार यिनै मुद्दा मात्रै हेरेका थिए ।

 बिराटनगर भन्सार कार्यालयका तर्फबाट परेको विनोदबहादुर कुँवर र मञ्जु थापाको रीट पनि पराजुली र जोशीको बेञ्चमा परेको थियाे । तर, यी मुद्दा हेर्न नमिल्ने सूचीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment