Comments Add Comment

महंगो रकम तिर्नुहोस्, अनुपमलाई भेट्नुहोस्

anupam-kher-show

बलिउडका चर्चित कलाकार अनुपम खेर नेपाल आउने भएका छन् । भदौ ६ गते काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजना हुने विशेष कार्यक्रममा अनुपमले करिब साढे २ घन्टा आफ्नो एकल प्रस्तुती दिने बताइएको छ । कोसेली फाउन्डेशनको आयोजनामा हुन लागेको च्यारेटी कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेको जानकारी काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइयो ।

काठमाण्डौको शान्तिनगरमा रहेको कोसेली स्कुलमा अध्ययन गरिरहेका सुकुम्बासी तथा मजदुर बर्गका १ सय २० बालबालिकालाई अध्ययनमा सहयोग गर्न यो च्यारेटी शो आयोजना गर्न लागिएको हो ।

उनले हालै मात्र ‘द अनुप खेर शो’ लिएर दर्शकमाझ आएका छन् । उनलाई हेर्न, सुन्न र कुराकानी गर्नका लागि भीआइपीमा ८ हजार, गोल्डेनका लागि ५ हजार, सिल्भरमा ३ र ब्रन्जमा १ हजार ५ सय शुल्क तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment