Comments Add Comment

डन चक्रे मिलन धरौटीमा छुटे

३० असार, काठमाडौं । ‘चक्रे मिलन’ भनेर चिनिने डन मिलन गुरुङ सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा छुटेका छन् ।

सोमबार १ करोड धरौटी बुझाएर छुटेको विशेष अदालत काठमाडौंले जनाएको छ । उनले तनहुँको व्यास नगरपालिकाको अर्कैको नाममा भएको जग्गा धरौटीमा राखेका छन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० साल जेठ अन्तिममा नै १ करोड धरौटी मागेको थियो । तर, लागू औषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले धरौटी बुझाएका थिएनन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाष्ले ७ करोड ८ लाख अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment