Comments Add Comment

घुस लिने स्थानिय विकास अधिकारी रंगेहात पक्राउ

गौतम श्रेष्ठ

३० असार, रौतहत । रौतहटका स्थानिय विकास अधिकारी बसन्त कुमार भण्डारी घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सरकारी निवास गौरमा सोमबार विहान छापा मारेर एक लाख २० हजार नगदसहित उनलाई नियन्त्रणमा लिएको हो ।

हेल्प लाइन नेपाल गौर रौतहट नामक गैर सरकारी संस्थाका संचालक रामप्रताप यादवसँग झोलुङ्गे पुलको सम्झौता नविकरणका लागि स्थानिय विकास अधिकारी भण्डारीले रकम मागेका थिए । आयोगले नम्बर टिपेर पठाएको एक लाख २० हजार रुपैंया स्थानिय विकास अधिकारीबाट बरामद भएको थियो ।

झोलुङ्गे पुल बनाउने योजनाको म्यादसकिए थप गर्न भण्डारीले रकम लिँदै गर्दाको भिडियो समेत रेकर्ड रहेको अख्तीयार टोलीले जनाएको छ । उनलाई कानुनी कारवाही र अनुसन्धानका लागि अख्तियारले काठमाडौं लगेको छ ।

स्थानिय विकास अधिकारी भण्डारीले भने आफूलाई फसाउने नियतका साथ षड्यन्त्र गरिएको बताएका छन । आफूले कुनै आर्थिक चलखेल नगरेको र हेल्प लाइनका राम प्रताप यादवले आफूलाई सुनियोजित तवरबाट फसाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment