Comments Add Comment

रातो रंगले पोतियो नेप्से, बजेटलाई पत्याएनन लगानीकर्ताले

३० असार काठमाडौं । विगत एक महिनादेखि नियमितरुपमा बढेको नेप्से सोमबार भने ८.०४ अंकले घटेर परिसूचक एक हजार २८.९४ अंकमा झरेको छ । आइतबार (बजेट भाषणका दिन) नेप्से १३ अंकले बढेको थियो ।

 पुँजी बजारको विकासका लागि बजेटले सम्बोधन गर्ने आशामा उत्साहित भएका सेयर लगानीकर्तालाई बजेटले निरास बनाएको संकेत सोमबारको नेप्से सुचकले देखाएको छ ।

सेयरलगानीकर्ताहरुले व्यक्तिगत पुँजीगत लाभकर घटाउने अपेक्षामा सेयरमा लगानी गरेका थिए । तर, बजेट यस विषयमा मौन छ । यद्यपि बजेटले सेयर बजारमा एनआरएनलाई लगानी गर्ने व्यवस्था मिलाउने उल्लेख छ । त्यसको प्रभाव भने तत्काल देखिँदैन ।

सोमबार नप्सेमा १४३ कम्पनीका १३ लाख ३२ हजार कित्ता सेयर ४८ करोड ७७ लाख रुपैयाँमा किनबेच भयो । त्यसअघिका दिनहरुको तुलनामा कारोबार कित्ता र रकम दुबै कम हो ।

समूहगत उपसूचकतर्फ पनि सबै उपसूचकहरु घटेका छन् । बैंकिङ समूहको ८ अंकले घटेको छ भने जलविद्युत समूहको ३५.२९ अंकले घटेको छ ।

NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 942.99 -7.99 -0.84 %
Hotels 1895.74 -3.8 -0.2 %
Dev. Bank 673.12 -5.38 -0.79 %
HydroPower 2992.08 -35.29 -1.16 %
Finance 514.1 -4.02 -0.77 %
Insurance 4320.9 -47.54 -1.08 %
Others 748.37 -1.18 -0.15 %

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment