Comments Add Comment

अर्थमन्त्रीले भने- बजेटले सुस्ताएको अर्थतन्त्रलाई ‘किक स्टार्ट’ गर्छ

Sejon-Programmme
३० असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मुलुकको अर्थतन्त्रलाई ‘किक स्टार्ट’ गर्ने गरि आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको बताएका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिन बजेटमा समावेश गरिएका नीति तथा कार्यक्रमहरु सक्षम रहने उनको भनाई थियो ।

मुलुकमा ठूलो लगानी आवश्यकता रहेको बताउँदै अर्थमन्त्री महतले बजेट लगानीमैत्री रहेको दाबी गरे । सोमबार आर्थिक पत्रकार समाज र अर्थमन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक क्षेत्रसँग सम्बन्धीत संशोधित ऐन तथा कानुनका अध्यादेशहरु छिट्टै संसदबाट पास गराई कार्यान्वयनमा ल्याउन बजेटमा विशेष प्राथमिकता दिइएको बताए ।

बजेटले निजी क्षेत्रका समस्याहरु सम्बोधन गरेको अर्थमन्त्री महतले बताएका छन् । बजेटमार्फत आगामी वर्षदेखि भ्याट छुट, आयकर छुट लगायतका सुविधाहरु उपलब्ध गराएर सरकारले लगानीकर्ता आकषिर्त गर्न खोजेको उनको भनाई छ । ‘हाइड्रो, कृषि, पर्यटन उद्योगमा भएको लगानी प्रयाप्त छैन, रोजगारी बढाउनका लागि यी क्षेत्रमा लगानी वृद्धि गर्नु आवश्यक छ’ उनले भने- ‘ठूला परियोजनामा स्वदेशी विदेशी लगानी भित्राउन आकर्षक सेवा-सुविधाहरु उपलब्ध गराउने बजेटको नीति छ ।’

यूवाहरुसँग नयाँ सीप तथा क्षमता हुने बताउँदै महतले उनीहरुलाई उद्यमी बनाउन स्टार्ट अफ फन्डको व्यवस्था गरिएको पनि कार्यक्रममा बताए । ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको उनको भनाई थियो ।

त्यसैगरि, कृषिमा यूवाहरुलाई आकषिर्त गर्न ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । सडक र उर्जामा प्रयाप्त बजेट विनियोजन गरिएको बताउँदै उनले प्रशारण लाइन विस्तार र ठूला विद्युत परियोजनालाई विशेष प्राथमिकतामा राखिएको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बजेटले लिएको ६ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको बताएका छन् । आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पुर्‍याउने खालको कर्जा नीति ल्याउने जानकारी दिँदै उनले मूल्य वृद्धिलाई ८ प्रतिशतमा सिमित राख्ने लक्ष्य पनि सम्भवन रहेको दाबी गरे । राष्ट्र बैंकले साउनको पहिलो हप्ताभित्रमा मौदि्रक नीति ल्याउँदै छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले घरेलु उद्योगलाई बजेटले नछोएको भन्दै गुनासो व्यक्त गरे । बजेटले ठूला परियोजना र उद्योगलाई मात्र प्राथमिकतामा राखेको उनको भनाई थियो । उनले तत्काल आर्थिक क्षेत्रसँग सम्बन्धीत २ दर्जन ऐन तथा कानुनका विधेयक कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।

जलस्रोतविद् ज्ञानेन्द्रलाल प्रधानले उर्जा क्षेत्रमा पनि ६ प्रतिशत अनुदान ब्याजमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाल विद्युत प्राधिकरणले पावर पर्चेज एगि्रमेन्ट -पीपीए) खुल्ला गर्नुपर्ने बताउँदै उनले अहिले निजी क्षेत्रलाई पीपीएको ढोका बन्द गर्ने काम गरिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment