Comments Add Comment

टेष्ट क्रिकेटबाट सन्यास लिने जयवर्दको घोषणा

३० असार काठमाडौं । श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्दनेले टेष्ट क्रिकेटबाट सन्यास लिने भएका छन् । उनले आगामी अगष्टमा

हुने पाकिस्तानविरुद्धको टेष्ट श्रृखलापछि सन्यास लिने भएका हुन् । ‘मलाई लाग्छ यो सही समय हो’ उनले भनेका छन्-‘यो निर्णय सहज थिएन किनकी १८ वर्षसम्म देशको प्रतिनिधित्व गर्दा मैले सम्मान पाएको छु ।’

१४५ टेष्ट खेलेका ३७ वर्षीय जयवर्दनेले ३३ शतक बनाएका छन् । १९९७ मा डेब्यू गरेका उनले कुल ११ हजार ४९३ टेष्ट रन बनाएका छन् ।

उनको सबैभन्दा धेरै रन २००६ मा कोलम्बोमा दक्षिण अफि्रकाविरुद्ध भएको ३७४ रन हो । उनले एकदिवसयीय क्रिकेट भने खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment