Comments Add Comment

एमालेमा गोकर्ण र प्रदीप ज्ञवाली लोकप्रिय

Gokarna-and-Pradeep

३० असार, काठमाडौं । नेकपा एमाले नेतृत्वको निर्वाचनको मतगणना जारी रहँदा पार्टी पंक्तिमा सबैभन्दा लोकप्रिय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली देखिएका छन् । विष्टले अहिलेसम्म सचिवमा मात्रै नभई सबै पदाधिकारीभन्दा बढी मत पाएर अग्रता कायम गरेका छन् । माधव नेपालका अरु सबै पदाधिकारीले अग्रता लिइरहँदा लोकप्रिय मतका साथ विष्ट ५ सचिवभित्र परेका छन् ।

गोकर्ण र प्रदीप दुबै गुल्मीका नेता हुन् । यी दुई बाहेक अन्य नेताले प्यानल मतबाहेक क्रस मत निकै कम पाएको मतगणनामा सहभागी एक एमाले कार्यकर्ताले बताए । माधव नेपाल वा केपी ओली जसको टिमले जिते पनि विष्ट र ज्ञवाली सचिवमा जित्न सक्ने उनीहरुले पाएको मतले देखाइरहेको छ ।

महासचिवमा मतान्तर बढ्यो

अध्यक्ष लगायत अन्य पदमा भन्दा महासचिवमा मत अन्तर बढी देखिएको छ । महासचिवमा सुरेन्द्र पाण्डेले ईश्वर पोखरेललाई ७६ मतले पछि पारेका छन् ।

प्राप्त मतको प्रकृति हेर्दा नेपाल प्यानलका पदाधिकारी उम्मेवारमध्ये सबैभन्दा कम मत पाउनेम बेदुराम भुसाल देखिएका छन् भने ओली प्यानलबाट केशवाल श्रेष्ठ छन् । उनीहरु दुबैजना सचिवका उम्मेवार हुन् । उपमहासचिवमा सबैभन्दा कडा टक्कर परिरहेका छन् । विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल र रघुजी पन्तको बीचमा प्रतिस्पर्धा छ । अहिले पौडेल र भुसाल तथा पन्त र पोखरेलबीच झिनो मतान्तर छ ।

ओलीले अग्रता लिएका बेला पनि नेपाल पक्षका पदाधिकारीमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट र योगेश भट्टराई अग्रता लिइरहेका कारण उनीहरु बलियो प्रतिस्पर्धीका रुपमा देखिएका छन् । उपाध्यक्षमा वामदेव गौतम र विद्या भण्डारी सशक्त दाबेदार देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment