Comments Add Comment

यस्तो छ जापानको पाइखाना प्रदर्शनी (फोटोफिचर सहित)

पाइखाना अर्थात् शौचालय प्रदर्शनी स्थलमा मान्छेहरुले लगाएका टोपी देख्दै घिनलाग्दो आकारका छन् । मान्छेको दिसा आकारका वस्तुहरु गमला तथा प्लेटमा यत्रतत्र राखिएका छन् ।साँच्ची ती टोपीको आकार मान्छेले गरेको दिसा जस्तै । जापानको टोकियोस्थित राष्ट्रिय विज्ञान तथा आविष्कार संग्रहालयमा आयोजित शौचालय प्रदर्शनीले धेरैको ध्यान खिच्न सफल भएको छ ।

toilet1

शौचालय, मानव फोहोर र पृथ्वीको भविष्य शीर्षको उक्त प्रदर्शनीले मानिसहरुमा ढल, मानव स्वास्थ्य तथा फोहोरमैलाका विषयमा जनचेतना जगाउने उद्देश्य राखेको छ । जसमा शौचालय र त्यसका विभिन्न भागहरुको महत्वका विषयमा समेत उदाहरण सहित प्रष्ट पार्ने कोसिस गरिएको छ ।

toilet2

प्रदर्शनीमा जाने बालबालिकाले दिसा आकारको टोपी लगाउन पाउँछन् र बडेमाको ट्वाइलेटमा चिप्लेटी खेल्न पनि । प्रदर्शनीको संकेतमै भनिएको छ, ‘तपाइँ आफै दिसा बन्न सक्नुहुन्छ ।’

toilet3

प्रदर्शनी अवलोकन गर्न आउनेहरुलाई मानव मलमुत्र, शौचालयले कसरी काम गर्छ भन्ने विषय तथा ढल प्रणालीका विषयमा जानकारी गराइन्छ । आउँदो अक्टोबर ५ सम्म प्रदर्शनी चल्नेछ । विश्वमा साढे २ अर्ब मानिस अझैपनि शौचालयको पहुँचबाट टाढा रहेको अवस्थामा यस विषयमा विश्वस्तरमै झक्झकाउन प्रदर्शनीको आयोजना गरिएको बताइएको छ ।

toilet4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment