Comments Add Comment

विश्वमा वर्षेनी ७३ अर्ब गोली एन्टीबायोटिक खपत, कुन देशले कति गोली खान्छ ?

भारत विश्वमा सबैभन्दा धेरै एन्टी बायोटिक औषधि प्रयोग गर्ने देश बनेको छ । अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार पछिल्लो १० वर्षमा भारतमा एन्टीबायोटिक औषधिको खपत ६२ प्रतिशतले बढेको छ ।

अनुसन्धान प्रतिवेदन अनुसार विश्वभरनैै पछिल्लो १० वर्षमा एन्टीबायोटिक औषधिको खपतमा ३६ प्रतिशतले वृद्धि भएको छ । यस्तो वृद्धि भारत, चीन, रुस, ब्राजिल, क्यानडा तथा दक्षिण अपि|mकाजस्ता द्रुत आर्थिक वृद्धि हासिल गरिरहेका देशहरुमा सबैभन्दा बढि रहेको अनुसन्धानले देखाएको छ ।

Antibiotics

अनुसन्धान अनुसार भारतमा सन् २००१ मा ८ अर्ब गोली एन्टी बायोटिक औषधि खपत भएकोमा सन् २०१० मा बढेर १२ अर्ब ९० करोड गोली पुगेको छ । यस अनुसार भारतमा हरेक व्यक्तिले वर्षमा औषतमा एन्टीबायोटिक दबाइका ११ गोली खाने गर्छन् ।

कुल एन्टीबायोटिकको खपतमा भारतपछि चीन दोश्रो स्थानमा परेको छ । चीनमा वर्षेनी १० अर्ब गोली एन्टीबायोटिक खपत हुने गरेको छ । अर्थात् हरेक चिनियाले वर्षमा साढे ७ वटा एन्टीबायोटिकका गोली खाने गरेका छन् ।

व्यक्तिगत रुपमा एन्टीबायोटिक प्रयोगमा भने अमेरिकीहरु अघि छन् । अमेरिकामा एक व्यक्तिले एक वर्षमा औषतमा २२ वटा एन्टीबायोटिक गोली खान्छन् । तथापि कुल प्रयोगको हिसाबले अमेरिका तेश्रो स्थानमा छ । अमेरिकामा वर्षमा ६ अर्ब ८० करोड गोली एन्टीबायोटिक खपत हुन्छ ।

थोमन भान बोकेलको लगायतको अनुसन्धान टोलीले गरेको अध्ययनका क्रममा १२ समूहका एन्टी बायोटिक औषधिको अध्ययन गरिएको थियो । त्यसक्रममा सिफालोस्पोरिन, पेनिसिलिनका प्रकार तथा फ्लुरोक्विनोलोन्स जस्ता एन्टीबायोटिक्सको प्रयोग सबैभन्दा बढि अर्थात् ५५ प्रतिशतले बढेको पाइएको छ ।

सन् २००० देखि २०१० को अवधि सम्म ७१ देशमा गरिएको अनुसन्धान अनुसार सन् २००० मा विश्वमा वर्षेनी ५४ अर्ब ८ करोड ३९ लाख ६४ हजार ८ सय १३ गोली एन्टीबायोटिक औषधि खपत हुने गरेकोमा सन् २०१० मा यो संख्या बढेर ७३ अर्ब ६२ करोड ७ लाख ४८ हजार ८ सय १६ गोली खपत भएको छ ।

विश्वका विकशित देशहरुमा यो अवधिमा एन्टीबायोटिकको खपतको दर तुलनात्मक रुपमा स्थिर देखिएपनि अस्ट्रेलियामा भने एन्टीबायोटिक्स औषधिको प्रयोगमा सबैभन्दा तिब्र वृद्धि देखिएको छ । सन् २००० मा हरेक अस्ट्रेलियालीले वर्षमा २५ गोली एन्टीबायोटिक खाने गरेकोमा सन् २०१० मा ८७ गोली खान थालेका छन् । त्यस्तै न्युजिल्याण्डबासीले वर्षमा ७० गोली एन्टीबायोटिक खान्छन् ।

 

विभिन्न खाले संक्रामक रोग निको बनाउन एन्टीबायोटिक औषधि खाने गरिएको भएपनि यसको अत्यधिक प्रयोग बढ्दै जाँदा नकारात्मक स्वास्थ्य समस्या समेत देखिने गरेका छन् । विज्ञहरुका अनुसार अनावश्यक रुपमा धेरै एन्टीबायोटिक औषधि खाँदा यसको प्रभावकारीता घट्ने, जिवाणुको प्रतिरोधी क्षमता बढ्ने र विरामीको रोग निको हुन समस्या हुने जस्ता खतरा उत्पन्न हुन सक्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment