Comments Add Comment

हीरा र सागर पहिलो

३० असार, काठमाडौं । उपत्यकाव्यापी खुला साउन्ड टेबलटेनिस प्रतियोगिताको एकलतर्फ महिलामा हीरा पौडेल र पुरुषमा सागर लामा सोमबार पहिलो भएका छन् ।

नेपाल दृष्टिविहीन टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा हीराले सावित्री पौडेललाई ११-५ र ११-८ को सोझो सेटमा पराजित गरिन् । सनिता भट्टराई र रोशनी अधिकारी संयुक्त रुपमा तेश्रो भए ।

कीर्तिपुरस्थित लेबोरेटरी उमाविमा भएको पुरुषको उपाधि भिडन्तमा सागरले फुणिर्मा शेर्पालाई ११-३, ९-११ र १७-१५ को सेटमा हराए । कुशल न्यौपाने र आनन्द पाण्डे तेश्रो स्थानमा रहे ।

दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार, ७ सय र ५ सयका दरले नगद पुरस्कार पाए एकदिने प्रतियोगितामा समान १८-१८ पुरुष र महिला गरी ३६ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकका महासचिव कुमार पौडेलले जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment