Comments Add Comment

सोसल मिडियाले मान्छेलाई बनाउँदैछ सम्वेदनाहीन

विश्वमा सामाजिक संजालको प्रयोग बढ्दै जाँदा यसले जनसम्पर्कमा वृद्धि गराएको कुरालाई नकार्न सकिन्न । जनसम्पर्कमा वृद्धि हुँदा यसले मानिसको व्यवहार तथा सामाजिकिकरणमा सकारात्मक भूमिका निर्वाह गर्छ भन्ने धेरैको अनुमान हुन्छ । तर एक अध्ययनले भने यस्तो अनुमानलाई गलत सावित गरिदिएको छ ।

Social-Media-Stress-Syndrome

अमेरिकाको नर्थ फ्लोरिडा विश्वविद्यालयका शोधकर्ताका अनुसार सामाजिक संजालको बढ्दो प्रयोगले मानिसहरुलाई स्वार्थी तथा सम्वेदनाहीन बनाउँदै लगेको छ ।

मनोविज्ञानवेत्ता तथा सहायक प्राध्यापक डाक्टर ट्रासी एलोवेले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधका क्रममा उनले १८ देखि ५० वर्ष उमेर समूहका मानिसहरुबीचको सम्बन्धको अनुसन्धान गरेका थिए । त्यसक्रममा उनले केही फेसबुक फिचर्सहरु मान्छेको स्वार्थीपनासँग जोडिएका र केही फेसबुकजन्य क्रियाकलापले मानिसको सम्वेदनहीनतालाई बढाउने तथ्य फेला पारिन् ।

शोधका क्रममा झण्डै ४ सय जना फेसबुक प्रयोगकर्ताहरुलाई उनीहरुको फेसबुके व्यवहार जस्तै फेसबुकमा बिताउने समय, दिनमा स्टाटस अपडेट गर्ने पटक लगायतका विषयमा प्रश्न सोधिएको थियो । साथै उनीहरुको प्रोफाइल पिक्चर कस्तो लाग्छ ? भन्ने प्रश्न पनि सोधिएको थियो ।

त्यसक्रममा सहभागीहरुले दिनमा औषतमा २ घण्टा फेसबुकमा बिताउने गरेको र उनीहरुका औषतमा ५ सय केटा तथा केटी साथीहरु फेसबुकमा रहेको पाइयो । साथै अधिकांसले आफ्नो प्रोफाइल तस्वीरमा उनीहरुलाई समावेश गरेको देखियो ।

साथै उनीहरुको आत्मकेन्दि्रत भाव जाँच गर्न समेत प्रश्न सोधियो । त्यसक्रममा केटाहरुको हकमा आफ्नो प्रोफाइल फोटोको रेटिङ र केटीहरुको हकमा प्रोफाइल फोटो र स्टाटस अपडेटको शैलीबाट आत्मकेन्दि्रत वा स्वार्थीपनाको छनक पत्ता लगाउन सम्भव भयो ।

शोधकर्ताका अनुसार च्याटिङ जस्ता कतिपय फेसबुकजन्य क्रियाकलापहरुले आत्मियता तथा समभाव जस्ता व्यवहारलाई बढावा दिने भएपनि फेसबुकका समग्र क्रियाकलापहरुले मानिसमा सम्वेदनालाई मार्दै जान्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment