Comments Add Comment

वन्यजन्तु चोरी सिकारी नियन्त्रणमा नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार

३० असार, काठमाडौं । नेपालले लगातार दुई वर्षसम्म लोपोन्मुख वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा पूर्ण सफलता हासिल गरेबापत अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

वन्यजन्तु अपराधविरुद्ध लड्न नेपालले सन् २०११ देखि शून्य अवैध कारोबारमा सफलता प्राप्त गरेबापत ‘लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय अवैध व्यापार नियन्त्रण संस्था -सिआइटिइयस)’ले प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

सम्मेलनमा १८० देशमध्ये नेपाल मात्र (अन्य देशका केही संस्थासहित) पुरस्कारबाट सम्मानित भएको सम्मेलनमा नेपालका तर्फबाट सहभागी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट डा महेश्वर ढकालले बताए ।

स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न सो सम्मेलनमा सिआइटिइयसका महासचिव जोन इ स्कान्लोनले नेपालसहित अन्य संघसंस्थालाई सो पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment