Comments Add Comment

एमालेले महाधिवेशनमा १ करोड चन्दा उठायो

३० असार, काठमाडौं । नेकपा एमालेले नवौं महाधिवशेनका लागि एक करोड रुपैयाँ चन्दा उठाएको तथ्य सार्वजनिक भएको छ । पार्टीले उठाएको चन्दाभन्दा बढी रकम एमालेले नाफा आर्जन गरेको छ ।

एमाले नेता योगेश भट्टराईका अनुसार महाधिवेशनमा हालसम्म मोटोमोटी ३ करोड ६७ लाख खर्च भएको छ । भृकुटीमण्डपमा प्रतिनिधिलाई खाना खुवाउँदा १ करोड ८० लाख खर्च भएको छ भने प्रतिनिधिको आवासका लागि ८० लाख खर्च भएको छ ।

हाइटेक प्रविधिमा गएको एमालेले महाधिवशेनका क्रममा स्टेशनरीमा १० लाख खर्च गरेको छ । त्यस्तै प्रतिनिधिलाई बाँडिएको झोलामा मात्रै १८ लाख खर्च भएको बताइएको छ । स्वयंसेवकलाई ड्रेस र जुत्ता खरीदमा एमालेले १५ लाख सकेको छ । महाधिवशेनको प्रचार प्रसारमा १० लाख खर्च गरिएको विदेशी पाहुनाको स्वागत र सत्कार गर्दा ५ लाख सकिएको छ भने विविध खर्चअन्तरगत २० लाख सकिएको बताइएको छ ।

आम्दानी ५ करोड बढी

भट्टराईका अनुसार महाधिवेशनमा एमालेको आम्दानी ५ करोड ४२ लाख भएको छ । यसमध्ये चन्दा संकलनबाट १ करोड, सदस्यता नवीकरणबाट ४ करोड, उम्मेद्वार मनोनयनबाट ९ लाख र प्रतिनिधि शुल्कवापत ३३ लाखको हाराहारीमा आम्दानी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment