Comments Add Comment

मौद्रिक नीति ‘फाइन ट्युन’ मिलाएर आउँछ

yubaraj-khatiwada-डा. युवराज खतिवडा, गभर्नर, नेपाल राष्ट्र बैंक

सरकारले राखेको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्य ८ प्रतिशतमा सीमित गर्न सम्भव छ । अहिले दोहोरो अंकमा मूल्यवृद्धि गराउन तरकारी तथा न्यूट्रेसनजन्य वस्तुहरुले भूमिका खेलेका छन् ।

पछिल्लो अवस्था हेर्दा दुई अंकमा मूल्यवृद्धि भएका वस्तुहरु तरकारी, फलफुल, दुग्धजन्य वस्तुहरु तथा प्रोटिनजन्य वस्तुहरु रहेका छन् । यी वस्तुहरुको आपूर्ति हामीले बढाउन सकेको खण्डमा मूल्यवृद्धिलाई लक्षमा झार्न सकिन्छ ।

सरकारले बजेटमा पनि यी वस्तुहरुको आपूर्ति बढाउन कृषि क्षेत्रमा प्रशस्त लगानीको व्यवस्था गरेको छ । कृषि क्षेत्रमा गरिने लगानीले समग्र आपूर्तिमा सुधार भई कुल ग्राहस्थ उत्पादन -जीडीपी)मा योगदान बढ्ने र मूल्यवृद्धि पनि आपूर्ति पक्षबाट घटाउन सहयोगी हुनेछ ।

अहिले कृषिको बजार प्रतिस्पर्धी छैन । कृषि क्षेत्रमा सिन्डीकेट पनि भएको हुन सक्छ, त्यहाँ कार्टेलिङ पनि हुन सक्छ । यसले कृषिजन्य वस्तुहरुको मूल्य अप्रत्यासित रुपमा बढाएको हुनसक्छ । यही कुरालाई मध्यनजर गरेर बजेटमा बजार अनुगमनलाई तिब्रता दिने भनिएको छ । यस्तो बजार अनुगमनले कार्टेलिङ र सिन्डिकेट प्रथा हटाई यथार्थ मूल्य कायम हुन सक्छ ।

त्यसैगरी, कृषिजन्य वस्तुहरुको ट्रान्सपोर्टेसनमा पनि सिन्डीकेट हटाउने भनिएको छ । यसलाई हामीले कार्यान्वयन गर्न सक्यौं भने आपूर्ति क्षेत्रबाट आउने अवरोधहरुलाई हटाउन सकिन्छ ।

अब रहे माग साइडबाट आउने समस्याहरु । बजेट आफै मुद्रास्पिmतिमा तटस्थ रहेको छ । कर्मचारीहरुको तलब सीमान्तकृत रुपमा बढेका कारण मूल्यवृद्धि हुन सक्छ भन्ने अनुमान गरिएको पनि हुन सक्छ । त्यस्तै हुँदैन भन्ने मलाई लाग्छ । अहिले कर्मचारीको तलवमा जुन १० प्रतिशत वृद्धि गरिएको छ । यो कुल उपभोगमा १ प्रतिशत वृद्धिमात्र हुन आउँछ । त्यसबाट मूल्यवृद्धिमा हुने असर १ प्रतिशतमात्र रहन्छ ।

अप्रत्यक्ष करका दरहरु धेरै परिवर्तन नभएका कारणले बजेट मुद्रास्पिmतिका हिसाबले न्यूट्रल रहेको देखिन्छ । हामीले राष्ट्र बैंकबाट ल्याउने मौदि्रक नीतिलाई आर्थिक वृद्धि अनुकूल हुने र मूल्यवृद्धिलाई सरकारी लक्ष्यमा राख्ने गरी फाइन ट्यून गरेर ल्याउँछौं । त्यसकारण सम्भवतः हामी ८ प्रतिशत मूल्यवृद्धिलाई कायम गर्न सक्छौं ।

बजेटमा कृषि क्षेत्रमा लगानीको जति परिवर्तनका कुरा गरेका छौं । यसले कृषिमा ५ प्रतिशत वृद्धि गर्न सकिन्छ । अहिले पनि कतिपय क्षेत्रहरुको ७ प्रतिशतभन्दा पनि बढी रहेको छ । ती क्षेत्रहरुको वृद्धिलाई यथावत राख्दै अन्य केही क्षेत्रहरुको वृद्धिलाई ‘पुसअप’ गर्न सक्यौं भने हाम्रो लक्ष्य हासिल हुन्छ ।

खासगरी, पर्यटन र निर्माण क्षेत्रलाई सधार गरेर ५ प्रतिशत वृद्धिमा लैजान सक्यौं, कृषिको वृद्धिलाई ५ प्रतिशतमा पुर्‍याउन सक्यौं र अन्यलाई ७ प्रतिशतभन्दा बढीको वृद्धिमा कायम राख्न सक्यौं भने आर्थिक वृद्धिको ६ प्रतिशत लक्ष्य सहजै हासिल हुन्छ ।

हामी मौदि्रक नीति पनि त्यसैलाई सपोर्ट गर्नेखालको ल्याउँछौं । हाम्रा कर्जा नीतिहरु पनि सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गराउन सहयोग पुर्‍याउने खालका हुनेछन् । त्यसले गर्दा पनि सजिलै लक्षित आर्थिक वृद्धिमा पुग्ने वातावरण बन्छ ।

प्रस्तुती : नविन अर्याल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment