Comments Add Comment

मरेका मान्छेलाई सेनामा भर्ति हुन अमेरिकाको उर्दी

राष्ट्रिय सैन्य बोर्डमा आफ्नो नाम दर्ता गर्न आदेश दिँदै १४ हजार जना मरेका मान्छेको नाउँमा अमेरिकी सरकारले आदेश जारी गरेको छ । अमेरिकाको पेन्सिल्भेनिया सरकारले मरेका मान्छेको नाउँमा कडा आदेश मात्र जारी गरेन यदि भने बमोजिम नगरेमा जरिवाना र कैद सजाय समेत गरिने चेतावनी दिएको छ ।

selective

आफ्ना मरेका पितृहरुको नाममा सरकारले आदेश गरेको थाहा पाएपछि मृतकका आफन्तहरु अचम्ममा परे । उनीहरुले सम्बन्धित सरकारी निकायमा फोन गर्न थाले । बारम्बार यस्ता फोन आउन थालेपछि मात्र सरकारी अधिकारीहरु झसँग भए । बल्ल उनीहरुले थाहा पाए की भुलबस सन् १८९३ देखि १८९७ को बीचमा जन्मेका झण्डै १४ हजार जनाको नाममा यस्तो आदेश जारी भएको रहेछ, जो मरिसकेका छन् ।

७३ वर्षका चक हुइले पहिलो विश्वयुद्धमा लडेका आफ्ना हजुरबुवा बर्ट हुइको नाममा सूचना आदेश प्राप्त गरे । सन् १८९४ मा जन्मेका उनका हजुरबुवाको सन् १९९५ मा १०० वर्षको उमेरमा निधन भएको थियो । ‘हैन यो कस्तो नर्क काम हुँदैछ ? भनेर सुरुमा छक्क परेँ’ उनी भन्छन् ‘अझ मस्यौदा बोर्डसामु नाम दर्ता नगरेमा कडा जरिवाना तथा कैद हुने समेत चेतावनी दिइएको थियो ।’

वास्तवमा पेन्सिल्भेनीयाको यातायात मन्त्रालयले झण्डै ४ लाख अभिलेखहरु छनौट सेवामा स्थानान्तरण गर्दा यस्ता भुल हुने पुगेको रहेछ । एक जना कर्मचारीले सन् १९९३ देखि १९९७ मा जन्मेका पुरुषहरुको तथ्यांक राख्ने क्रममा एक सताब्दी अघिको तिथि भुलवस रहन गयो । सोही तिथि भुलबस रहन जाँदा त्यस तिथिमा जन्मने मृत मानिसहरुको नाममा सूचना आदेश जारी भयो ।

१९ औँ सताब्दीमा जन्मेका २७ हजार २ सय १८ जना पुरुष पहिचान गरेसँगै उनीहरुको नाममा जुन ३० बाट सूचना जारी गर्न थालियो । अधिकारीहरुले यता सूचना जारी गरिरहे भने उता सूचना पाउने आफन्तहरु अचम्ममा पर्न थाले र जुन ३ बाट सरकारी अड्डामा फोनको ओइरो लाग्न थाल्यो । जबकी त्यस दिनसम्म १४ हजार २ सय २५ जना मृतकको घरमा सूचना पुगिसकेको थियो ।

यसप्रति दुख व्यक्त गर्दै सरकारी अधिकारीले यस्तो सूचनालाई वेवास्ता गर्न सम्बन्धित परिवारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment