Comments Add Comment

‘बुद्धचित्त’ किन्न हेलिकप्टर चार्टर !

१ साउन, काठमाडौँ । झट्ट हेर्दा स-साना गुच्चाजत्रा, वनमा त्यसै खेर जाने कुफलजस्तो । मूल्यले भने सुनझैँ महत्ववान । तामाङ समूदाय र विशेषगरी तिब्बती समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति बोधिचित्त मालाको बजार मूल्यले यसको महत्व मात्र बढाएको छैन, किसान र व्यवसायीलाई उत्तिकै असुरक्षित र आतंकितसमेत बनाएको छ ।buddha chitta

काभ्रेका शिखरअम्बोटे र तिमाल क्षेत्रका केही गाविसमा मात्र फल्ने मालाका कारोबारी भटाभट लुटिन थालेपछि मालाका बोट हुने किसानसमेत असुरक्षित महसुस गर्न लागेका छन् । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

व्यवसायी भने पैदल वा गाडीमा असुरक्षित महसुस गर्दै हेलिकप्टर चार्टर गरेर गाउँ पुग्न थालेका छन् । मंगलवार अपराहृन शिखरअम्बोटेबाट १ सय ८१ किलो बोधिचित्त दाना ढुवानीका लागि स्थानीय तिलकबहादुर लामाले हेलिकप्टर चार्टर गरे ।

आइतवार मंगलटारबाट बोधिचित्तको माला लिएर बनेपातर्फ आउँदै गरेको व्यापारी राज दोङ बनेपा बुडोलमा लुटिएपछि व्यवसायीले असुरक्षा महसुस गरेका हुन् । गाउँमा ११ लाख रुपैयाँमा ८४ वटा माला किनेर टिपरमा बनेपा आउँदै गरेका लामा ७२ बटा माला लुटिएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

यस्तै इलाका प्रहरी कार्यालय मंगलटारले पनि तिमालगाउँमा बोधिचित्तको दाना लुट्न खोज्ने तीनजनाको समूहलाई केही समयअघि पक्राउ गरेको थियो । बोधिचित्त प्रतिबन्धित बनस्पति नभएकाले प्रहरीले सार्वजनिक मुद्दा चलाएकोमा उनीहरु जनही १० हजार रुपैयाँ घरौटीमा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment