Comments Add Comment

खरबुजालाई चक्कु हानेको आरोपमा पक्राउ

watermeloen

मान्छेलाई चक्कु हानेको आरोपमा आक्रमणकारी पक्राउ पर्नु त स्वभाविकै हो । तर के तपाइँले खरबुजालाई चक्कु हानेको आरोपमा कोही मान्छे पक्राउ परेको सुन्नुभएको छ ? वास्तवमा यो हुने कुरै होइन जस्तो लाग्छ । तर अमेरिकामा यस्तै भएको छ । खरबुजामाथि रिसको झ्वाँकमा चक्कु हानेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

समाचार अनुसार कनेक्टिकटका बासिन्दा कार्मिन सर्भेलिनोले आफुलाई तर्साउने गरी खरबुजालाई चक्कुले हानिरहेको भन्दै एक महिलाले प्रहरीमा उजुरी गरिन् । महिलाको उजुरी पछि घटनास्थलमा प्रहरी पुग्दा ती पुरुषले रिसाएर खरबुजालाई चक्कुले हानिरहेका थिए । प्रहरीले मान्छेलाई धम्क्याउने क्रियाकलाप गरेको अभियोगमा उनलाई पक्राउ गर्यो । ५ सय डलर धरौटी तिरेर उनी मुक्त भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment