Comments Add Comment

साउनको मध्यतिर भित्रिँदैछ टोयोटाको इटिओस लिभा

toyota-etios-liva-final

१ साउन, काठमाडौं । प्रशिद्ध जापानीज प्रिमियम गाडी निर्माता कम्पनी टोयोटाको इटिओस लिभा जुलाई महिनाको अन्त्यमा नेपाली बजारमा आउने भएको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डीकेट प्रालिले ह्याचब्याक सेगमेन्टको लिभा जुलाईको अन्त्यमा नेपालमा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

लिभाको ह्याचब्याक डिजाइनले टोयोटाको गुणस्तरलाई प्रस्तुत गर्ने कम्पनीले दाबी गरेको छ । विश्वभर ग्राहकहरुको मन जित्न सफल टोयोटा इटिओस लिभाले नेपालीहरुको पनि मन जित्न सफल हुने विश्वास कम्पनीले लिएको छ ।

लिभामा ११९७ सीसीको ७८.९ विएचपी १६ भल्भ भएको पेट्रोल इन्जिन जडान गरिएको छ । त्यस्तै, यसमा ५ स्पिड म्यानुअल गिअरबक्स रहेको छ । जसले ७८.९ विएपी, ५६०० आरपीएमको शक्ती उत्पन्न गराउँछ । साथै, यसमा १०४ एनएम, ३१०० आरपीएमको म्याक्स टर्क समेत जडान भएको छ ।

लिभाले शहरी क्षेत्रमा १५.१ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसले राजमार्गमा १७.७१ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्नेछ ।

यसको अघिल्लो भागमा ःअएजभचकयल क्तचगत क्गकउभलकष्यल जडान गरिएको छ भने अन्य क्षेत्रमा त्यचकष्यल द्यभबm क्गकउभलकष्यल जडान गरिएको छ । यसले गर्दा आरामदायी र सुविधाजनक यात्राको अनुभुती हुने छ । यसमा १८५र६० आर १५ ट्यूवलेस् टायरहरु जडान गरिएका छन् ।

फराकिलो क्याविन रहेको लिभामा ५ जनाले आरामदायी रुपमा यात्रा गर्न सक्नेछन् । यसलाई पारिवारीक गाडिको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा ४५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ भने २५१ लिटर क्षमताको डिक्की रहेको छ । लामो यात्रा गर्ने चालक तथा पारिवारीक व्यक्तिहरुको लागि लिभा निकै इच्छाइएको ह्याचब्याक गाडी भएको कम्पनीले जनाएको छ ।

उच्चस्तरको आन्तरिक सजावट गरिएको लिभामा प्रयोगकर्ताको लागि आवश्यक प्रविधिसहितको सुविधाहरु राखिएको छ । यसमा इलेक्ट्रोनिक पावर स्टेयरिङ, मल्टि फङसन स्टेयरिङ ह्विल, पावर विन्डोज, रिमोट ट्रंक ओपनर, रिमोट फ्यूल लिड ओपनर लगायतका सुविधाहरुले यो ह्याचब्याक गाडिलाई निकै आरामदायी सुविधाजनक बनाएको छ ।

टोयोटा इटिओस लिभामा एबिएस, इबिडि, एयरब्याग, इम्प्याक्ट एब्र्जोबिङ बडि स्ट्रक्चर र इन्जिन इमोबिलाइजरजस्ता उच्चस्तरका फरक फरक प्रकृतिका सुरक्षा प्याकेज राखिएको छ । जसले चालक तथा यात्रुहरुलाई सुरक्षा र आनन्द प्रदान गर्दछ ।

लिभा स्टाईलिस अपिअरेनस, आरामदायी, दाबी गरिएका सबै सुविधाहरु र सुरक्षासहिको पूर्ण प्याकेज रहेका छन् । नयाँ टोयोटा लिभाले हरेक व्यक्तिको ध्यान आकर्षित गर्ने कम्पनीको विशवास छ । लिभा काठमाडौंको सडकको लागि उपयुक्त हुनेछ ।

यो कारलाई नेपालमा टोयोटाको इन्ट्रीलेवलको कारको रुपमा लिन सकिन्छ । मध्यम वर्गिय परिवारको रोजाइमा पर्ने मुल्य र वनावटको यो कार पर्किङको लागी सहज रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment