Comments Add Comment

भाडा नबढाए काठमाडौं ठप्प पार्ने ट्याक्सी व्यवसायीको चेतावनी

१ साउन, काठमाडौं । ट्याक्सी व्यवसायीहरुले भाडा बृद्धिसहितको २६ बुँदे माग पूरा गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्बोच्च महासंघ आबद्ध स्वस्तिक स्वरोजगार ऋण ट्याक्सी व्यवसायी संघले माग पूरा नभए काठमाडौं ठप्प पार्ने चेतावनी दिएको छ ।

ट्याक्सी व्यवसायी संघले बिहीबार पत्रकार सम्मेलन गरी पेटा्रेलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसार ट्याक्सी भाडा समायोजन गर्नु पर्ने बताएको छ ।

महासंघका महासचिव एवम् संघका अध्यक्ष प्रकाश बस्नेतले मजदुर तथा व्यवसायीहरुले उठाएका मागहरु सम्बोधन नगरे आफूहरु कडा संघर्षका कार्यक्रमसहति सडकमा उत्रने चेतावनी दिए । ‘विगतमा पनि हामीले सरकारलाई ध्यानाकर्षण गराउन १७ बुँदे माग पेश गरेका थियौं तर सरकारले कुनै चासो देखाएन’ उनले भने-‘अहिले समस्या समाधान हुनुको सट्टा हाम्रा मागहरु बढेर २६ बुँदा भएका छन् तर सरकार भने मौन छ ।’

ट्याक्सी व्यवसायीहरुलाई पेशाबाट विचलित पार्न टा्रफिक प्रहरीले निरकुश तानाशाही शैलीबाट कारवाही गरेके उनको आरोप छ । विना बर्दीमा आएर टा्रफिक प्रहरीले विना मिटर जाउँ भन्ने अनि बग्गीखाना लगरे गाडी थन्काउने गरेको भन्दै उनले यस्त्ाा कार्यले कमिशनको खेल शुरु भएको पनि आशांका व्यक्त गरे ।

ट्याक्सी व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसार नै भाडा समायोजन हुनुपर्ने, उपर्युक्त पार्किङ्को व्यवस्था गर्नुपर्ने, विना बर्दी हुने ट्राफिक चेक जाँचको अन्त्य हुनुपर्ने, बैज्ञानिक प्रविधिअनुरुपको मिटरको व्यवस्था गरिनुपर्ने गायतका विभिन्न २६ बुँदे माग अघि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment