Comments Add Comment

कांग्रेसले बीपी विचार यात्रा गर्ने

१ साउन, काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बी.पी. कोइराला जन्मशताब्दीलाई विशेष अभियानकै रुपमा मनाउने भएको छ । साउन ६ गते स्मृति दिवसदेखि भाद्र २४ जन्म दिवससम्म बी.पी. कोइराला जन्मशताब्दी कार्यक्रमलाई अभियानको रुपमा मनाइने कांग्रेसले जनाएको छ ।

नयाँ पुस्तालाई कांग्रेस र वीपीको योगदान तथा महत्ववारे जानकारी गराउने तथा समयमै संघयि लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकुल वातावरण वनाउन सहयोग पुर्‍याउने उद्देश्यका साथ जिल्लामा विभिन्न कार्यक्रमसहित बी.पी. विचार यात्रा आयोजना गर्ने भएको छ ।

पहिलो दिन साउन ६ गते विराटनगरस्थित जुट मिल हातामा वृक्षारोपण, विचारसभा, प्रजातन्त्रसेनानी सम्मान कार्यक्रम आयोजना हुनेछ । भदौं १ गतेबाट धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर र काठमाण्डौसम्म वीपीलाई वास राखिएको, खाना-खाजा खुवाईएको तथा अन्य ऐतिहासिक महत्व वोकेका स्थानमा विचार यात्रा सञ्चालन गरिनेछ ।

ओखलढुङ्गामा कवि गोष्ठी तथा वीपीको पुख्यौलिथलो सिन्धुलीको दुम्जामा बृहत स्वास्थ्य शिविर आयोजना हुनेछ । हरेक जिल्लामा कम्तिमा एउटा विशेष कार्यक्रम आयोजित हुनेछ भने भाद्र २३ गते काठमाडौंको विशालनगरमा विशेष विचारसभा आयोजित हुनेछ ।

बीपीलाई लामो समयसम्म बन्दी बनाएको सुन्दरीजल -हालको बी.पी. संग्रहालय) मा भाद्र २४ गते आएर विचारयात्रा समापन हुने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment