Comments Add Comment

आफुलाई इश्वर घोषणा गर्दै गायकले आफ्नै लिंग काटे

लिंग नै सबै समस्याको जरो भएको दाबी गर्दै एक जना गायकले आफ्नो लिंग काटेका छन् । सेक्स भन्ने चिज मर्ने मान्छेहरुले गर्ने तर आफु भने अमर इश्वर भएको जिकिर तेर्साउँदै उनले लिंग च्वाट्टै पारे ।

समाचार अनुसार अमेरिकी र्याप गायक एन्ड्रे जोन्सनले यस्तो कुतर्क पेश गर्दै आफ्नै पुरुसत्व ध्वस्त पारेका हुन् । आफ्नो लिंग काटेर लस एन्जल्समा रहेको घरबाट सुइँकुच्चा ठोक्नुको कारणबारे स्पष्ट पार्दै उनले आफुमा इश्वरीय शक्ति भएकाले लिंग काटेको जिकिर गरे ।

Jonhson

लिंग काट्ने बेलामा आफु लागुऔषधको नशामा रहेको भएपनि आफुले लिंग काट्दैछु भन्ने कुरा भने थाहा भएको उनले बताएका सिएनएनले जनाएको छ ।

आफुले आत्महत्या नभै केवल लिंग मात्र काटेर फ्याँक्न मात्र चाहेको भन्दै उनले लिंग हरेक समस्याको जरो भएको ठहर गरे ।

क्रिस बियरर नामबाट प्रस्तुती दिने जोन्सन न्युयोर्कको हिप हप ग्रुप उ टांग क्लानसँग आबद्ध छन् । उनले गएको अपि्रल १६ मा आफ्नै लिंग काटेर घरबाट भागेका थिए । अस्पतालमा उपचारपछि पनि लिंग जोड्न असमर्थ भएसँगै लिंग वीहिन भएका जोन्सन त्यसयता सार्वजनिक रुपमा केहीपनि बोलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment