Comments Add Comment

विद्या र केपीलाई सिकाए बोहोराले ‘अनुशासन’

१ साउन, काठमाडौं । पार्टी मुख्यालय बल्खुमा बिहीबार नेकपा एमालेले नवौं महाधिवेशनको समापन गरिरहँदा नवनिर्वाचित अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले अध्यक्ष केपी ओली र विद्या भण्डारीलाई सबक सिकाउने प्रयास गरे । बोहोरालाई अनुशासन आयोगको अध्यक्षको प्रमाणपत्र बुझ्न केन्द्रीय कमिटिका सदस्यहरु भन्दा पछाडि मञ्चमा बोलाइएपछि बोहोरा एकाएक बम्किएका हुन् ।

स्थायी कमिटी सदस्यसरह हुने अनुशासन आयोगका अध्यक्ष बोहोरालाई वैकल्पिक केन्द्रीय सदस्यले प्रमाणपत्र बुझेपछि मात्र बोलाइएपछि उनले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि रीस पोखे ।

एमालेकै निर्वाचन आयोगले गरेको समापन कार्यक्रममा ढीलो गरी प्रमाणपत्र बुझेपछि बोहोरा तातिएका हुन् । ‘तपाईँहरुलाई बधाइ छ, हामीलाई शुरुमै हेप्नुभयो’, अध्यक्ष ओली र उपाध्यक्ष भण्डारीतर्फ हेर्दै बोहोराले भने, ‘यसरी हेप्नुहुँदैनथ्यो, यहाँ जे भएको छ, बेठीक भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment