Comments Add Comment

प्रधानमन्त्री कोइराला मंगलबार स्वेदश फर्कने तयारीमा

१ साउन, काठमाडौं । अमेरिकामा उपचाररत प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार स्वदेश फर्कने तयारी गरेका छन् ।

फोक्सोमा सेतो दाग देखिएपछि कोइराला उपचारका लागि असार २ गते अमेरिका गएका थिए । क्यान्सर भएको पुष्टी भएपछि कोइरालाले न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा रेडियोथेरापी गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार कोइराला सोमबार स्वेदश फर्कने तयारीमा छन् । ‘तर, अझै फाइनल भइसकेको छैन । स्वेदश फर्किनुअघि स्वास्थ्य परीक्षण पनि गराउने तयारी छ’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment