Comments Add Comment

तरकारीमा बढी विषादी, मानव स्वास्थ्यमा ध्यान दिन सरकारको आग्रह

१ साउन, काठमाडौं । तरकारी तथा फलफूलमा खान ओग्य हुनेसम्म विषादी भेटिएको छ ।आलु भेँडेखुर्सानी, पिरो खुर्सानी, हात्ती सुँढे खुर्सानी, केरा, बोडी, पालुङ्गो, काउली, गाजर र प्याजको साग गरी जम्मा २६ वटा नमुनामा उपभोग गर्न अयोग्य हुने गरी विषादी अवशेष फेला परेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८७ वटा नमुना परीक्षण गर्दा १५५ वटा स्वच्छ पाइएको छ भने रुकावट दर ३५ देखि ४५ प्रतिशतसम्म छ । हरेक ठाउँमा किसानले उत्पादन गरेको आलुमा विषादी प्रयोग गरेको पाइएको, अन्य ठाउँको भन्दा काभ्रेको पनौतीबाट आएको आलुमा बढी विषादी पाइएको पनि उल्लेख गरिएको छ ।

तरकारी तथा फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएको उपज उपभोगयोग्य मानिएको, ३५-४५ प्रतिशत भएको चार-पाँच दिन क्वारन्टिनमा राखिएको उपभोग गर्न नहुने र ४५ प्रतिशतभन्दा बढी भएको उपज खान अयोग्य मानिन्छ । 

मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरेर तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मानव स्वास्थ्यप्रति ध्यान दिन कृषक र व्यवसायीलाई आग्रह गरेको छ ।

तरकारीहरुमा कतिको विषादी प्रयोग भएको छ/छैन जाँचका लागि कालीमाटी तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको छ हरेक दिन बिहान ६ बजेबाट फलफूल तथा तरकारीमध्ये आठदेखि १० वटा बालीको नमुना छनोट गरी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव जयमुकुन्द खनालले तरकारी तथा फलफूलमा अर्गेनो फस्फेट र कार्वामेट विषादीहरुले जीवको स्नायुप्रणालीमा हुने एसिटायलकोलिनइस्टरेज इन्ज्वाइमको क्रियाकलापहरुलाई हुन नदिने एकाले यो दर सकभर कम गर्नेतर्फ कृषक लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment