Comments Add Comment

गौरीकाको तीन नयाँ राष्ट्रिय कीर्तिमान

१ साउन, काठमाडौं । गौरीका सिंहले १९ औं राष्ट्रिय खुला पौडी प्रतियोगिताको महिलातर्फ बिहीबार तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा गौरीकाले २ सय मिटर ब्याकस्ट्रोक २ मिनेट ४८.१६ सेकेन्ड (हिट), ५० बटरफ्लाइ ३२.९७ सेकेन्ड (फाइनलमा आफ्नै कीर्तिमान सुधारेको) तथा ५० मिटर ब्याकस्ट्रोक ३५.८५ सेकन्ड (हिट) मा पूरा गर्दै कीर्तिमान बनाइन् । गौरीकाले १ सय मिटर ब्याकस्ट्रोक १ मिनेट ३१.१९ सेकेन्डमा पूरा गर्दै व्यक्तिगत स्वर्ण संख्या चार पुर्‍याइन् ।

गौरीकाले २ सय मिटर ब्याकस्ट्रोकमा २००७ मा काठमाडौंमा भएको १४ औं राष्ट्रिय पौडीमा शैला राणाले बनाएको ३ मिनेट ०३.३४ सेकेन्डको कीर्तिमान भंग गरिन् । फाइनलमा भने गौरीकाले निर्धारित दूरी २ मिनेट ४८.१६ सेकेन्डमा पूरा गरिन् ।

बटरफ्लाइमा गौरीकाले फाइनल अघि हिट चरणमा निर्धारित दूरी ३३.९० सेकेन्डमा पूरा गर्दै श्रेया धितालले २०१३ मा इस्तान्बुलमा भएको १५ औं फिना च्याम्पियनसिपमा बनाएको ३४ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । ५० मिटर ब्याकस्ट्रोकमा गौरीकाले शैला राणाले प्रथम एनएस पौडी- २०१० मा बनाएको ३७.२० सेकेन्डको कीर्तिमान तोडिन् । यो स्पर्धामा गौरीकाको फाइनल टाइमिङ ३६.४४ सेकेन्ड रह्यो ।

महिलाको १ सय मिटर पि|mस्टायलको हिट चरणमा सोफिया शाहले निर्धारित दूरी पूरा गर्न १ मिनेट ०५.७९ सेकेन्ड समय खर्चदै आफ्नै नाममा रहेको १ मिनेट ०६.१ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । सोफियाले २०१३ मा भएको तेश्रो एनएसए पौडीमा उक्त कीर्तिमान रचेकी थिइन् ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको खुलातर्फ नै पुरुषमा शिरीष गुरुङले २ सय मिटर व्यक्तिगत मिड्ले (२ मिनेट ४० सेकेन्ड), २ सय मिटर पि|mस्टायल (२ मिनेट २९.२५ सेकेन्ड), १ सय मिटर बटरफ्लाइ (१ मिनेट १०.०३ सेकेन्ड), १ सय मिटर ब्याकस्ट्रोक (१ मिनेट १५.३७ सेकेन्ड) तथा ५० मिटर फ्रिस्टायल (२७.२५ सेकेन्ड) मा स्वर्ण हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment