१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई त्रिभुवन विश्वविद्यालयमा पढाउने भएका छन् । भट्टराईले साउन ३ गते एमफिलको कक्षा लिने भएका हुन् ।
भट्टराईले ‘अल्पविकासको प्रकृति र नेपालको क्षेत्रीय संरचनाः एक माक्र्सवादी विश्लेषण’बारे पढाउने छन् । त्रिविले भट्टरार्इलार्इ असार २५ गते पत्र पठाएर कक्षा लिन अनुरोध गरेको थियो ।
यसअघि भट्टराईले काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा गेष्ट लेक्चरका रुपमा एउटा कक्षा लिएका थिए ।