Comments Add Comment

आमाबुबाको नाममा मन्दिरलाई सहयोग

२ साउन, मोरङ । कलाकार रमेश सङ्गराग बराइलीले स्वर्गीय आमाबुबाको नाममा मन्दिरलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

इटहरा-१ घर भई हाल काठमाडौं बसेर गीतसङ्गीतको सृजनामा सक्रिय गीतकार बराइलीले पिता छत्र बराइली ‘केशर’ र माता कुलकुमारी बराइलीको स्मृतिमा स्थानीय मन्दिरलाई सहयोग गरेका हुन् ।

गायक बराइलीले स्थानीय राधाकृष्ण मन्दिर समिति अध्यक्ष देवीप्रसाद खनाललाई बिहीबार उक्त रकम हस्तान्तरण गरे ।

गीतकार बराइलीले दिएको रकमबाट मन्दिरको भौतिक पूर्वाधार विकासमा सहयोग पुग्ने अध्यक्ष खनालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment