Comments Add Comment

विपन्न बालबालिकालाई राहत सामग्री वितरण

२ साउन, गोरखा । जिल्ला बालकल्याण समिति गोरखाले एक लाख १५ हजार रकम बराबरको राहत सामग्री वितरण गरेको छ ।

समितिले बिहीबार एक कार्यक्रमबीच गोरखाबजारमा जोखिममा रहेका, अभिभावक गुमाएका तथा आर्थिक रुपमा विपन्न बालबालिकालाई राहत सामग्री वितरण गरेको हो ।

समितिले २८ जना बालबालिका र छवटा विशेष कक्षा सञ्चालन भएका विद्यालयलाई राहत सामग्री वितरण गरेको हो । समितिले बालबालिकालाई विद्यालय पोसाक र झोला वितरण गरेको छ भने छवटा विद्यालयलाई प्रतिविद्यालय तीनवटाका दरले १८ वटा कम्बल वितरण गरेको छ ।

जिल्ला बालकल्याण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलको सभापतित्वमा भएको कार्यक्रममा बालकल्याण अधिकारी महिला विकास अधिकृत सीता अधिकारीले राहत वितरणको उद्देश्यबारे जानकारी गराएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment