Comments Add Comment

छतबाट लडेर महिलाको मृत्यु

२ साउन, सप्तरी । सप्तरीको मलेकपुर-५ खुरहुरियामा घरको छतबाट लडेर गएराति एक महिलाको मृत्यु भएको छ ।

घरपरिवारका सदस्य सबैजना रोपाइँका लागि गएको बेला लुगा उठाउन घरको छतमा गएकी २० वर्षकी पुनिता मण्डलको लडेर मृत्यु भएको पति अर्जुन मण्डलले जानकारी दिए ।

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment